みなさんは動物園へ行ったことがあるでしょう?
सायद सबैले चिडियाखाना कहिल्यै न कहिल्यै गएको होला, हैन?
短い足や大きい耳、長い鼻など、動物の形は面白いですね。
जनावरहरूको बनावट रोचक हुन्छ, जस्तै छोटा खुट्टा, ठूला कान, लामो नाक…
目の形や位置もいろいろです。
आँखाको आकार वा स्थान पनि धेरै किसिमका हुन्छन्।
どうしてシマウマの目は顔の横にあるのですか。
जेब्राको आँखा किन अनुहारको दायाँबायाँ तेर्सो रूपमा बसेका हुन्छन्?
ライオンの目は二つ並んでいるのですか。
सिंहका दुबै आँखा किन अगाडितिर नै छन्?
みなさんは考えたことがありますか。
के तपाईंले यसबारे कहिल्यै सोच्नुभएको छ?
ライオンは他の動物の肉を食べます。
सिंह अन्य जनावरको मासु खान्छ।
その目は遠くに動物がいても、すぐ走って行って捕まえられるように、顔の前に二つ並んでいます。
दुवै आँखा अगाडि हुँदा, शिकार टाढा भए पनि उसले तुरुन्तै दौडेर समात्न सक्छ।
2つ並んでいなければ、正しい距離がわかりません。
यदि दुईवटा आँखा अगाडितिर नभएको भए, उसले ठीक दूरी थाहा पाउन सक्दैनथ्यो।
サルの目も顔の前に並んでいます。
बाँदरका आँखा पनि अनुहारको अगाडितिर हुन्छन्।
サルは木から木へ跳ぶとき、失敗しないように、よく前を見なければなりません。
बाँदरले एक रूखबाट अर्को रूखमा हाम्फाल्दा असफल नहोस् भनेर अगाडिको दृश्य स्पष्ट देखिनुपर्छ।
ヒトの目も同じです。
मानिसका आँखा पनि यस्तै हुन्छन्।
ヒトは2本の足で歩けるようになって、手が使えるようになりました。
मानिस दुई खुट्टामा हिँड्न र हात प्रयोग गर्न सक्षम भएका छन्।
それで、手で難しい仕事ができます。
त्यसैले उनीहरूले हातले गाह्रो कामहरू गर्न सक्छन्।
草や木の葉を食べる動物の目はどうですか。
घाँस र पात खाने जनावरहरूको आँखा कस्ता हुन्छन्?
シマウマはライオンなどにいつも気を付けていなければなりません。
जेब्राले सिंहबारे धेरै सावधान रहनुपर्छ।
ですから、草を食べていても、後ろの方まで見えるように、目が顔の横に付いています。
त्यसैले यसको आँखा अनुहारको छेउतिर हुन्छ, जसले गर्दा घाँस खाइरहँदा पनि उसले पछाडितिर देख्न सक्छ।
カバは水の中にいますが、頭の上に目がありますから、目だけ水から出して周りを見ることができます。
दरियाई घोडा पानीमा बस्छ; यसको आँखा टाउकोमाथि भएकाले उसले केवल आँखा मात्र पानीमाथि निकालेर वरिपरि हेर्न सक्छ।
動物の目は食べる物や住んでいるところによって違うのです。
जनावरका आँखा तिनीहरूको बसोबास गर्ने ठाउँ र आहारअनुसार फरक हुन्छन्।
今度動物園へ行ったら、動物の目をよく見てください。
अर्को पटक चिडियाखाना जाँदा, जनावरका आँखालाई ध्यान दिएर हेर्नुहोस्।
面白いことが見つかるかもしれませんよ。
सायद तपाईंले त्यस्ता रोचक कुरा पत्ता लगाउनु हुनेछ।
I 1.正しいものに〇、正しくないものに✕を書いてください。
सही वाक्यमा 〇 र गलत वाक्यमा ✕ राख्नुहोस्।
1)(X)ライオンの目は後ろの方まで見えます。
सिंहका आँखाले पछाडितिर पनि देख्न सक्छन्।
2)(〇)サルは目が顔の前に2つ並んでいますから、正しい距離がわかります。
बाँदरका आँखा अगाडितिर भएकाले दूरी ठीकठीक थाहा पाउन सकिन्छ।
3)(〇)シマウマは後ろからライオンが来ても見えますから、逃げることができます。
सिंह पछाडिबाट नजिकिँदै आए पनि जेब्राले देख्न सक्छ, त्यसैले भाग्न सक्छ।
4)(〇)カバの目は、水から目だけ出して周りが見られるように、頭の上にあります。
दरियाई घोडाको आँखा टाउकोमाथि हुन्छ, त्यसैले उसले केवल आँखा मात्र पानीको सतहमाथि निकालेर वरिपरि हेर्न सक्छ।
2.下の動物は①ライオン、②シマウマ。➂カバのどのグループですか。
तलका जनावरहरू कुन समूहमा पर्छन्? 1. सिंह 2. जेब्रा 3. दरियाई घोडा।

II あなたの国に面白い動物がいますか。
के तपाईंको देशमा रोचक जनावरहरू छन्?