問題
つぎの文章を読んで、質問に答えなさい。
तलको पाठ पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最も良いものを一つ選びなさい。
उत्तर 1, 2, 3, 4 मध्ये सबैभन्दा राम्रो एउटा छान्नुहोस्।
日本人は集団主義だとよく言われる。
जापानीहरू समूहवादी हुन् भनी प्रायः भनिन्छ।
つまり、個人よりも皆で行動することや、みんなのために行動することを大切にするということだ。
अर्थात्,व्यक्तिगतभन्दा पनि सबैले सँगै कार्य गर्नु र सबैका लागि काम गर्नु महत्त्व दिनु हो।
それにはさまざまな原因があるが、その一つに日本人が昔から「稲作(注1)」を行ってきたことがあると言われている。
यसका विभिन्न कारणहरू छन्, तर तीमध्ये एक भनेको जापानीहरूले पुरानैदेखि धानखेती (टिप्पणी 1) गर्दै आएको हो भन्ने हो।
稲作では田植えや収穫など、みんなで一度行う作業が多い。
धान खेतीमा रोपाइँ र कटनी जस्ता धेरै कामहरू सबैले एकै पटक मिलेर गर्ने गर्दछन्।
また、より多くの稲を上手に育てるには、稲作で使う水を個人の田んぼだけではなく、地域全体を考えて管理する必要がある。
थप रूपमा, अधिक धान राम्रोसँग उब्जाउनका लागि, धान खेतीमा प्रयोग हुने पानी व्यक्तिगत धानक्षेत्र मात्र होइन, समग्र क्षेत्रलाई ध्यानमा राख्दै व्यवस्थापन गर्न आवश्यक छ।
このような稲作を何千年も続ける中で、日本社会では「みんな」がとても重要な基準になっていったのだろう。
यसप्रकारको धानखेती हजारौँ वर्षसम्म निरन्तर चलाउँदै जाँदा, जापानी समाजमा「みんな」धेरै महत्वपूर्ण मापदण्ड बन्दै गएको होला।
(注1)稲作: 米を作ること
(नोट 1)धानखेती: धान उत्पादन गर्ने काम
問1:どうして日本人は集団主義になったと書かれているか。
किन जापानीहरू समूहवादी भए भनी लेखिएको हो?
1. 何千年も米を食べ続けているから。
हजारौँ वर्षदेखि चामल खाइरहेको भएकाले।
2. 昔から協力して飲み水を管理してきたから。
पुरानो समयदेखि मिलेर पिउने पानी व्यवस्थापन गर्दै आएको भएकाले।
3. 自分の田んぼで上手に稲を作ろうと競争してきたから
आफ्नै खेतमा राम्रो धान उब्जाउन प्रतिस्पर्धा गर्दै आएको कारणले।
4. みんなでする作業が多い稲作を続けてきたから。
सबैले सँगै गर्ने काम धेरै पर्ने धानखेती जारी राखेको कारणले।