もともと世界中の人々は同じ言葉を使っていた。
सुरुमा संसारभरिका मानिसहरूले एउटै भाषा प्रयोग गर्थे।
そして自分たちが地上に散らばってしまうのを防ぐため、統合の象徴として天まで届く高い塔を建設しようと考えた。
र उनीहरूले आफूहरू पृथ्वीभरि छरिनबाट रोक्न र एकताको प्रतीकको रूपमा आकाशसम्म पुग्ने अग्लो टावर निर्माण गर्ने सोचे।
ところが神は、人間がこのようなことを企てるのは皆が同じ言葉を話しているせいであり、放っておくとどんなに大それたことをしでかすかわからないと考えて、彼らの言葉を混乱させて互いに理解できないようにしてしまった、というのですね。
तर परमेश्वरले मानिसहरूले यस्ता योजना बनाउनुको कारण सबैले एउटै भाषा बोल्नु हो र छोडिदिए उनीहरूले कस्तो ठूलो काम गर्न सक्लान् थाहा नहुने भएकाले उनीहरूको भाषालाई मिश्रित बनाएर आपसमा बुझ्न नसक्ने बनाइदिए भनेको हो।
世界には3000以上の言語がある、とはじめに申し上げましたが、なぜ言葉がこんなにばらばらになってしまったのかを説明するために、こうした物語が考え出されたのでしょう。
मैले सुरुमा संसारमा 3000 भन्दा बढी भाषा छन् भनेको थिएँ, तर भाषाहरू यति भिन्न-भिन्न किन भएका छन् भन्ने व्याख्या गर्नका लागि यस्ता कथाहरू सिर्जना गरिएका हुन् होला।
確かに、地域によってこれだけ多様な言語が使われているというのは、考えてみれば不思議なことでもあり、大変不便なことでもあります。
निश्चय नै, क्षेत्र अनुसार यति विविध भाषाहरू प्रयोग भइरहेको भन्ने कुरा, विचार गर्दा अचम्मको पनि कुरा हो र निकै असुविधाजनक पनि हो।
もし世界中の言語が統一されたら、どこに行っても誰とでも話せるし、外国旅行も気軽にできるわけですから、どんなに便利だろうと思ったことのある人も少なくないでしょう。
यदि संसारभरिका सबै भाषा एउटै भए, जहाँसुकै गए पनि जससँग भए पनि कुरा गर्न सकिन्छ र विदेशी यात्रा पनि सहजै गर्न सकिन्छ, त्यसैले कति सुविधाजनक होला भनेर सोचेका मानिसहरू कम छैनन्।
実際そうした理念から、世界共通の言葉として「エスペラント語」という人工言語を作る試みがなされてきたことは、皆さんもご存じだと思います
व्यवहारमा त्यस्ता सिद्धान्तबाट, विश्वव्यापी साझा भाषा बनाउनको लागि 「एस्पेरान्टो भाषा」 नामक कृत्रिम भाषा सिर्जना गर्ने प्रयासहरू गरिएका छन् भन्ने कुरा, तपाईंहरू सबैलाई पनि थाहा होला।
しかし、逆にこう考えてみることもできるのではないでしょうか。
तर, उल्टो रूपमा यसरी पनि सोचेर हेर्न सकिँदैन?
もし世界に一つしか言語が存在しなかったとしたら、これほど変化に富み、これほど魅力的で、これほど豊かな文化が生み出されることはなかったのではないか。
यदि संसारमा एउटा मात्र भाषा मात्रै हुन्थ्यो भने, यति विविधताले भरिएको, यति आकर्षक र यति समृद्ध संस्कृति जन्मिनै नहुने थियो, हैन र?
言語がばらばらだからこそ、世界にはあんなにも個性に溢れた多彩な文化が形成されてきたのではないか。
भाषाहरू फरक-फरक भएकै कारण त होइन र कि संसारमा यति व्यक्तित्वले भरिएका विविध संस्कृतिहरू विकसित भएका छन्?
そして 私たちは、それらの文化に触れることで、自分とは異なる価値観、異なる習慣、異なる思想、異なる信仰を持った人たち、つまり絶対的な「他者」というものが、世界のいたるところで生きているのだという厳粛な事実にはじめて想いをいたし、そのことに率直に驚き、心の底から、謙虚になることができるのではないか。
र हामी ती संस्कृतिहरूको सम्पर्कमा आउँदा,आफूभन्दा फरक मूल्य मान्यताहरू,फरक चलनहरू,फरक विचारधाराहरू,फरक आस्था भएका मानिसहरू,अर्थात्पूर्ण「अन्य」जस्ता मानिसहरू संसारका हरेक ठाउँमा बाँचिरहेका छन् भन्ने यो गम्भीर सत्यलाई पहिलोपटक अनुभूति गर्छौं,र त्यसले हामीलाई सिधै अचम्मित बनाउँदै,हृदयदेखि नै विनम्र हुन सक्ने बनाउँदैन होला।
また、そうした人々と話がしたい、理解し合いたいという、切実な欲求を抱くことができるのではないか。
अनि त्यस्ता मानिसहरूसँग कुरा गर्न र एकअर्कालाई बुझ्न चाहने तीव्र इच्छा जाग्न सक्छ कि?
つまり、バベルの塔が挫折してしまったせいで、確かに世界の人々は別々の言語を話すようになり、簡単にはコミュニケーションが取れない不便な状況に置かれてしまったけれども、逆にそのおかげで、私たちは未知の言語を学ぶ機会を与えられたのであり、それを通して、異文化にたいする関心や憧れを抱く喜びを与えられたのではないか---むしろそう考えてみるべきなのではないでしょうか。
अर्थात्, बाबेलको मीनार असफल भएपछि, निश्चय नै संसारका मानिसहरूले फरक-फरक भाषा बोल्न थाले र सजिलै सञ्चार गर्न नसकिने असुविधाजनक अवस्थामा परे; तर उल्टो तर्फ त्यसको कारणले हामीलाई अज्ञात भाषा सिक्ने मौका दिइयो र त्यसमार्फत् अन्य संस्कृतिहरूप्रति चासो र आकर्षणको आनन्द प्राप्त भएको होइन---बरु हामीले यसरी नै सोच्नुपर्ने होइन?
(石井洋二郎「『星の王子さま』と外国語の世界ーーー文化の三角測量」東京大学教養学部編『高校生のための東大授業ライブ純情編』東京大学出版会による)
इशिई योजिरो「『星の王子さま』と外国語の世界ーーー文化の三角測量」टोकियो विश्वविद्यालय कला तथा विज्ञान कलेजद्वारा सम्पादित『高校生のための東大授業ライブ純情編』टोकियो विश्वविद्यालय प्रकाशनद्वारा प्रकाशित
大それたこと:常識の範囲から大きく外れていること
बेतुकी कुरा: सामान्य बोधको सीमाभन्दा धेरै बाहिर पर्ने कुरा
しでかす:大変なことをしてしまう
ठूलो गल्ती गर्नु:गम्भीर कुरा गरिदिनु
理念:物事がどうあるべきかについての基本的な考え
सिद्धान्त:वस्तुहरू कसरी हुनु पर्छ भन्ने बारेको मूलभूत विचार
厳粛な:厳しい、変えられない
गम्भीर:कठोर,परिवर्तन गर्न नसकिने
想いをいたし:遠く離れた物事に関心を向けて
भावना राख्दै: टाढा रहेका कुराहरूमा चासो दिनु
切実な:身近で重大なために、強く感じられる
गम्भीर:नजिकको र महत्वपूर्ण भएकोले, तीव्र रूपमा महसुस गरिने
問題 1筆者は、「バベルの塔」の物語が考え出されたのはなぜだと言っているか。
प्रश्न 1: लेखकले「バベルの塔」को कथा किन रचिएको हो भनी के भन्छन्?
1.人間が自己中心的な存在だということを忘れないため
मानवहरू स्व-केंद्रित प्राणी हुन् भन्ने कुरा नबिर्सनको लागि
2.世界に存在する言語が多様であることを理由づけるため
विश्वमा रहेका भाषाहरू विविध हुनुको कारण बताउनका लागि
3.同じ言語でわかり合いたいという人間の願望を表現するため
एउटै भाषामा एकअर्कालाई बुझ्न चाहने मानिसको इच्छा व्यक्त गर्नका लागि
4.自分の知らない言語を学ぶ喜びを伝えるため
आफू नजान्ने भाषाहरू सिक्दा आउने खुसी व्यक्त गर्नका लागि
問題2 絶対的な「他者」とは、どのような人たちか。
प्रश्न २ निरपेक्ष「अन्य」भनेका मानिसहरू कस्ता हुन्?
1.豊かな文化を作り上げてきた人たち
समृद्ध संस्कृति बनाउँदै आएका मानिसहरू
2.社会的な制約を受けずに生きている人たち
सामाजिक प्रतिबन्धहरूबाट प्रभावित नभई बाँचिरहेका मानिसहरू
3.自分と全く異なる考え方を持つ人たち
आफूसँग बिल्कुलै फरक विचार राख्ने मानिसहरू
4.仲間として理解することが不可能な人たち
साथीको रूपमा बुझ्न असम्भव भएका मानिसहरू
問題3 筆者は、人間社会に多くの異なる言語が存在することをどう考えているか。
प्रश्न ३ लेखकले मानव समाजमा धेरै विभिन्न भाषाहरूको अस्तित्वबारे के विचार गर्छन्?
1.多様な文化を創り出し、人々に異文化に対する興味を持たせるきっかけになった。
विविध संस्कृतिहरू सिर्जना गर्यो र मानिसहरूमा अन्य संस्कृतिहरूप्रति रुचि जगाउने अवसर बन्यो।
2.互いに理解し合いたいという気持ちが強まり、グループを作る国や地域が増えた。
एकअर्कालाई बुझ्न चाहने भावना बलियो हुँदा,समूह बनाउने देश र क्षेत्रहरू बढे।
3.言語以外のコミュニケーションの必要から、通信技術の急速な発達の要因となった。
भाषा बाहेकका तरिकाबाट सञ्चार गर्ने आवश्यकताले सञ्चार प्रविधिको तीव्र विकासलाई उत्प्रेरित गर्यो।
4.他者との交流を困難にさせ、自分たちの文化をより愛するようになった。
यसले अरूहरूसँगको सम्बन्धलाई कठिन बनायो र उनीहरूले आफ्नै संस्कृतिलाई अझ बढी माया गर्न थाले।