問題
つぎの文章を読んで、質問に答えなさい。
तलको पाठ पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最も良いものを一つ選びなさい。
उत्तर: 1, 2, 3, 4 मध्ये सबैभन्दा उपयुक्त एउटा छान्नुहोस्।
評論家という仕事がある。
समालोचक भन्ने पेशा हुन्छ।
ある分野について深い知識を持ち、人々が参考にできるような解説や評価などをする仕事である。
कुनै क्षेत्रमा गहिरो ज्ञान राखेर, मानिसहरूले सन्दर्भका लागि प्रयोग गर्न सक्ने व्याख्या र मूल्याङ्कन आदि गर्ने काम हो।
今では、政治評論家、経済評論家からラーメン評論家まで、あらゆる分野の評論家がテレビや雑誌などで活躍をしている。
आजकल राजनीतिक समीक्षक, आर्थिक समीक्षकदेखि रामेन समीक्षकसम्म, विविध क्षेत्रका समीक्षकहरू टेलिभिजन र पत्रिका जस्ता माध्यमहरूमा सक्रिय छन्।
しかし、医者や学校の先生のように、評論家になるための資格試験があるわけではない。
तर, डाक्टर वा विद्यालयका शिक्षकहरू जस्तै, आलोचक बन्नका लागि कुनै पात्रता परीक्षा हुँदैन।
彼らは一体どうやって評論家になったのだろうか。
उनीहरू आखिर कसरी समालोचक बने होला?
彼らの多くは必ずしも評論をするために深い知識を得たのではない。
उनीहरू मध्ये धेरैले अनिवार्य रूपमा समालोचना गर्नका लागि गहिरो ज्ञान प्राप्त गरेका होइनन्।
若いころからある分野に対して人並み外れた(注1)知識や興味を持っており、夢中でそれを学ぶうちに、いつの間にかそれを仕事にすることになったと言う人も多い。
युवावस्थादेखि कुनै क्षेत्रमा सामान्यभन्दा असाधारण(नोट 1) ज्ञान वा रुचि राख्ने र त्यो कुरामा जुनूनपूर्वक सिक्दै जाँदा, कहिलेकाहीँ अनायासै त्यो क्षेत्रलाई पेशा बनाएका मानिसहरू पनि धेरै छन्।
好きな分野を仕事にできるとはうらやましい話だ。①ただ人並み外れた深い知識があれば評論家になれるというものでもないだろう。
आफ्ना रुचिका क्षेत्रलाई काम बनाउन पाउनु साँच्चै ईर्ष्यालाग्दो कुरा हो।①तर केवल असाधारण गहिरो ज्ञान भएमा समालोचक बन्न सकिन्छ भन्ने कुरा पनि होइनहोला।
評論家として収入を得るためには、新聞や雑誌、テレビなどのマスメディア(注2)に取り上げられなければならない。
समालोचकको रूपमा आम्दानी कमाउनका लागि, समाचारपत्र, पत्रिका, टेलिभिजन जस्ता मास मिडिया(नोट 2)मा समेटिनु पर्छ।
②マスメディアに取り上げられるためには、人々が納得し、話を聞きたくなるような説得力や魅力があることさらに、マスメディアに登場するチャンスを得る運の強さも必要だろう。
मास मिडियामा समावेश गरिनुका लागि, मानिसहरूलाई सन्तुष्ट पार्ने र कुरा सुन्न चाहना जगाउने प्रकारको मनाउने क्षमता र आकर्षण हुनु आवश्यक छ। त्यसैगरी, मास मिडियामा देखा पर्न मौका पाउने भाग्य पनि आवश्यक होला।
人並みは外れた知識、人々が言うことを聞きたくなるような説得力や魅力、そしてチャンスをつかむ運がそろって初めて評論家になれるのかもしれない。
शायद साधारण मानिसभन्दा अलग ज्ञान,मान्छेहरूलाई कुरा सुन्न मन लाग्ने गरी बनाउने विश्वास जगाउने क्षमता र आकर्षण,र अवसर समात्ने भाग्य सबै सँगै हुँदा मात्र आलोचक बन्न सकिन्छ।
(注1)人並み外れた:他の人と比べて大きく違う
टिप्पणी 1: असाधारण — अरू मानिसहरूको तुलनामा ठूलो फरक
(注2)マスメディア:新聞・雑誌・テレビ・ラジオなどの大勢の人に向けての情報発信の手段
टिप्पणी 2: जनमाध्यम — अखबार, पत्रिका, टेलिभिजन, रेडियो आदि, धेरै मानिसहरूलाई लक्षित गरी सूचना प्रसारण गर्ने माध्यमहरू।
問1:評論家と医者や先生はどこが違うと書かれているか。
समालोचक र चिकित्सक वा शिक्षकबीच के फरक छ भनेर के लेखिएको छ?
1. 評論家はある分野について説明や評価をするが、医者や先生はそうではない。
समालोचकले कुनै क्षेत्रबारे व्याख्या र मूल्याङ्कन गर्छ, तर चिकित्सक र शिक्षकले त्यस्तो गर्दैनन्।
2. 評論家はある分野についての資格が必要だが、医者や先生はそうではない。
समालोचकलाई कुनै क्षेत्रको लागि प्रमाणपत्र आवश्यक हुन्छ, तर चिकित्सक र शिक्षकलाई भने होइन।
3. 評論家はある分野についての資格が必要がないが、医者や先生はそうではない。
समालोचकलाई कुनै क्षेत्रको प्रमाणपत्र आवश्यक छैन, तर चिकित्सक र शिक्षकका लागि आवश्यक हुन्छ।
4. 評論家はある分野の知識が必要だが、医者や先生はそうではない。
समालोचकलाई कुनै क्षेत्रको ज्ञान आवश्यक हुन्छ, तर चिकित्सक र शिक्षकलाई त्यो आवश्यक छैन।
問2:評論家の多くはどんなことが仕事につながったとあるか。
धेरै समालोचकहरूका लागि कुन कुराले काममा परिणत भएको भनिएको छ?
1. 評論家になるためにある分野について特別な興味を持とうとしたこと
समालोचक बन्नका लागि कुनै क्षेत्रमा विशेष रुचि लिन खोज्नु।
2. ある分野について解説や評論をするために、一生懸命学んだこと
कुनै क्षेत्रमा व्याख्या र समालोचना गर्नका लागि कडा मेहनत गरेर पढ्नु।
3. 若いことにある分野についての資格試験を人よりもたくさん受けたこと
युवावस्थामा कुनै क्षेत्रमा अरूभन्दा बढी प्रमाणपत्र परिक्षा दिनु।
4. ずっとある分野に特別な知識を持ち、興味を持って勉強を続けたこと
लगातार कुनै क्षेत्रमा विशेष ज्ञान राखेर रुचिसहित अध्ययन जारी राख्नु।
問3:①ただ人並み外れた深い知識があれば評論家になれるというものでもないとあるが、どういうことか。
① केवल असाधारण गहिरो ज्ञान भएमा मात्र समालोचक हुन सकिन्छ भन्ने कुरा होइन भनी लेखिएको छ; यसको अर्थ के हो?
1. 深い知識を持つことが、評論家になるためのただ一つの必要なことだ。
गहिरो ज्ञान राख्नु समालोचक बन्नका लागि एक मात्र आवश्यक कुरा हो।
2. 深い知識を持つことが必要ではないこともたくさんある。
गहिरो ज्ञान अनिवार्य नहुनुपर्ने धेरै कुरा पनि हुन्छन्।
3. 深い知識を持つことは必要だが、ほかにも必要なことがある。
गहिरो ज्ञान आवश्यक छ, तर अन्य कुराहरू पनि आवश्यक छन्।
4. 深い知識を持つことは必要ではなく、ほかに必要なことがある。
गहिरो ज्ञान आवश्यक छैन; तर अरू आवश्यक कुरा छन्।
問4:本文によると②マスメディアに取り上げられるためには何が必要か。
यो पाठअनुसार ②मास मिडियामा समावेश हुनका लागि के आवश्यक छ?
1. 新聞やテレビ関係の会社で働いてマスメディアに出た経験
अखबार र टेलिभिजन सम्बन्धी कम्पनीमा काम गरेर मिडियामा देखा परेका अनुभव
2. 人々を説得しひきつける力があり、マスメディアに出る機会に恵まれる運の強さ
मानिसहरूलाई विश्वास दिलाउने र आकर्षित गर्ने क्षमता र मिडियामा आउन पाउने किस्मत
3. マスメディアに出て、人々をひきつけた経験
मिडियामा पुगेर मानिसहरूलाई आकर्षित गरेको अनुभव
4. 人並み外れた深い知識と、人々を納得させる説得力や魅力
असाधारण गहिरो ज्ञान र मानिसहरूलाई विश्वास दिलाउने तर्कशक्ति र आकर्षण