問題
つぎの文章は「花屋ダイヤリー」という小説についての紹介である。
तलको अनुच्छेद「花屋ダイヤリー」भन्ने उपन्यासको परिचय हो।
文章を読んで、質問に答えなさい。
लेख पढेर प्रश्नहरूको उत्तर दिनुहोस्।
答えは、1・2・3・4から最も良いものを一つ選びなさい。
उत्तरका लागि 1, 2, 3, 4 मध्ये सबैभन्दा राम्रो एउटा छान्नुहोस्।
「花屋ダイヤリー」は一軒の花屋が舞台の小説です。
「花屋ダイヤリー」 एक फूल पसलमा आधारित उपन्यास हो।
花屋のアルバイト店員と、花を買いに来るさまざまな客との関わりが、ていねいに描かれています。
फूल पसलमा काम गर्ने अंशकालिक कर्मचारी र फूल किन्न आउने विभिन्न ग्राहकहरूसँगको सम्बन्ध सुक्ष्मतापूर्वक चित्रित गरिएको छ।
作者の山口静かは2012年に「一人」で小説最優秀賞を取った注目の女性作家です。
लेखिका यामागुची शिजुका 2012 मा शीर्षक 「一人」बाट उपन्यास विधाको सर्वोत्कृष्ट पुरस्कार जितेकी र चर्चित महिला लेखिका हुन्।
若者の純粋さを、愛情を持って表現するところに人気があります。
यो युवाहरूको शुद्धतालाई माया सहित व्यक्त गर्ने तरिका लोकप्रिय छ।
「花屋ダイヤリー」では、学校にも行かず仕事もしない17歳のユウが主人公(注1)です。
「花屋ダイヤリー」मा विद्यालयमा पनि नजाने र काम पनि नगर्ने १७ वर्षका यु मुख्य पात्र (टिप्पणी1) हुन्।
何も興味を持ってなかったユウは、小さな花屋でアルバイトを始めます。
कुनै कुरामा चासो नलाग्ने यूले सानो फूल पसलमा अंशकालिक काम सुरु गर्छ।
そこには毎日、1輪だけ花を買いに来るおばあさんや、ゲーム機と交換に花を買いたいと言う小学年など、少し変わった客が次々と現れます。
त्यहाँ हरेक दिन,एकै फुल मात्र किन्न आउने हजुरआमा र,गेम कन्सोलसँग साटासाट गरेर फूल किन्न चाहने प्राथमिक विद्यालयका विद्यार्थी जस्ता,अलिकति अनौठा ग्राहकहरू एकपछि अर्को भएर आउँछन्।
客はみなユウに花を選んでほしいと言います。
सबै ग्राहकहरू यूलाई फूल छानिदिन चाहन्छन् भन्छन्।
困ったユウは、どうしてその花を書いたいのか、誰のための花なのかなど、①事情を客にたずねます。
परेशान यूले त्यो फूल किन किन्न चाहानुहुन्छ, कसका लागि हो जस्ता कुराहरू ①ग्राहकसँग सोध्छन्।
客と話をするうちに、ユウは人との関係の大切さや働く意味など、いろいろなことを考え、変わりはじめます。
ग्राहकहरूसँग कुरा गर्दा, यूले मानिसहरूसँगको सम्बन्धको महत्त्व र काम गर्ने अर्थ जस्ता थुप्रै कुराहरूको बारेमा सोच्न थाल्छ र बदलिन थाल्छ।
何の喜びもない日々を送っていたユウが、働いて人の役に立つ中で明るく強くなっていく様子に、読者は②元気づけられるでしょう。
खुशीको कुनै पनि अनुभूति नपाउँदै दिनहरू बिताइरहेको यूले, काम गरेर अरूको काममा सहयोग गर्ने क्रममा उज्यालो र बलियो बन्दै जाने स्वरूपले पाठकहरूलाई ②उत्साहित हुनेछन्।
それは作者から読者へのエール(注2)でもあります。
यो लेखकबाट पाठकप्रति दिइएको हौसला(नोट 2) पनि हो।
また、たくさんの花の名前と花言葉(注3)が紹介されているので、だれかに花を贈るときに役に立つ知識も得られます。
त्यसका साथै धेरै फूलका नाम र फूलहरूको अर्थ(नोट 3) परिचय गराइएको भएकोले,कसैलाई फूल दिनुहुँदा उपयोगी हुने ज्ञान पनि पाउन सकिन्छ।
人間関係に少し疲れているときや目標が見つけられないときに読むと、人が好きになり心が元気になる一冊です。
मानव सम्बन्धबाट अलिकति थाकेको बेला वा लक्ष्य फेला पार्न नसकेको बेला पढ्दा मानिसहरूलाई मन पराउन र मनलाई ऊर्जावान बनाउन मद्दत गर्ने एउटा किताब हो।
ユウと同年代の人にぜひ読んでほしいです。
म चाहन्छु कि यु जस्तै उमेरका मानिसहरूले यो अवश्य पढुन्।
(注1)主人公:小説などの中心人物
टिप्पणी 1 मुख्य पात्र:उपन्यास आदि को केन्द्रिय व्यक्ति
(注2)エール:スポーツなどの試合で選手を応援するときの声・声援
टिप्पणी 2 प्रोत्साहन:खेलजस्ता प्रतिस्पर्धामा खेलाडीलाई समर्थन गर्दा दिइने आवाज र जयजयकार
(注3)花言葉:一つ一つの花に意味を待たせたもの。バラは「愛」など
(नोट 3)花言葉:प्रत्येक फूलमा अर्थ तोकिएको कुरा।गुलाब भने「प्रेम」आदि
問1:本文によると、山口しずかはどんな人だと書かれているか。
लेख अनुसार यामागुची शिजुका कस्तो मानिस भनेर लेखिएको छ?
1. 若い女性の作家
2. 自分のことを小説に書いた人
आफ्नो बारेमा उपन्यास लेख्ने व्यक्ति
3. 若者に人気がある作家
युवाहरू माझ लोकप्रिय लेखक
4. 賞を受けたことのある人気の作家
पुरस्कार प्राप्त गरिसकेका लोकप्रिय लेखक
問2:事情を客にたずねます。とあるが、なぜか。
ग्राहकलाई परिस्थिति सोध्छ। भनिएको छ, किन?
1. 何も興味を持てなかったから。
किनकि उसलाई केहीमा चासो थिएन।
2. 1輪だけを選ぶのは難しいから
केवल एक प्रकार मात्र छान्नु गाह्रो भएकाले।
3. ゲーム機と同じ値段の花が分からない。
गेम कन्सोल जस्तो मूल्यको फूल कुन हो भनेर थाहा थिएन।
4. 客がどの花がいいか選んでほしいと言うから。
ग्राहकले कुन फूल राम्रो छ भनेर छानिदिन चाहेकोले।
問3:元気づけられるとあるが、なぜか。
हौसला बढाइने भनिएको छ, किन?
1. 学校にも行かず仕事もしなかったユウが変わったことをしたから。
स्कूल पनि नजाने र काम पनि नगर्ने युले केही फरक गरेको कारणले।
2. 学校に行かなかったユウが学校に行くようになったから。
स्कूल नजाने युले स्कूल जान थाल्यो भन्ने कारणले।
3. 仕事にも無関心だったユウが明るく強く変わっていったから。
कामप्रति उदासीन रहेका यु उज्यालो र दृढ भएर परिवर्तन भएको कारणले।
4. 仕事をしなかったユウがアルバイトを始めたから。
काम नगर्ने युले अंशकालिक काम सुरु गरेको कारणले।
問4:「花屋ダイヤリー」で作者が読者に一番伝えたいことは何か。
फुल पसल डायरीमा लेखकले पाठकलाई सबैभन्दा भन्न चाहेको कुरा के हो?
1. 人は人の中で働いて変わっていけるということ
मानिसहरू अरू मानिसहरूको बीचमा काम गरेर परिवर्तन हुन सक्छ भन्ने कुरा।
2. たくさんの花には花言葉があるということ
धेरै फूलहरूको फूलको अर्थ हुन्छ भन्ने कुरा।
3. ユウが何の喜びもない日々を送っていること
यु कुनै खुशी नपाउँदै जीवन बिताइरहेको छ भन्ने कुरा।
4. だれかに花を贈るときに役に立つということ。
कसैलाई फूल दिने बेलामा उपयोगी हुन्छ भन्ने कुरा।