~だす/はじめる/おわる/つづける
जोड्ने तरिका:
動詞のマス形
जोड्ने तरिका 1:
~だす/はじまる
V
अर्थ:
行為・できごとの開始
कार्य वा घटनाको सुरुवात
उदाहरण:
1. 家に帰る途中で、雨が降りだした。
घर फर्कँदै गर्दा,पानी पर्न थाल्यो।
2. 急に子どもが泣きだしたので、びっくりして理由を聞いた。
अचानक बच्चा रुन थाल्यो,म अचम्मित भएर कारण सोधेँ।
3. 何もしていないのに、急にエレベーターが動きだした。
केही पनि नगरेकै अवस्थामा,अचानक लिफ्ट चल्न थाल्यो।
4. ピアノを習いはじめてからもう3年になるが、なかなか上手にならない。
पियानो सिक्न थालेकोदेखि अब तीन वर्ष भइसक्यो,तर अझै राम्रो हुन सकेको छैन।
5. 10時のニュースを見てから宿題をやりはじめたので、寝るのが遅くなった。
समाचार हेरेपछि गृहकार्य गर्न थालें,त्यसैले सुत्न ढिलो भयो।
जोड्ने तरिका 2:
~おわる
V
अर्थ:
行為の終了
क्रियाको समाप्ति
उदाहरण:
1. この本は先月から読みはじめたが、まだ読みおわらない。
यो किताब गत महिनादेखि पढ्न थालेको छु,तर अझै पढेर सकिएको छैन।
2. 「食べおわった人は、お皿をここまで運んでください」
「खाना खाइ सकेका मानिसहरूले कृपया आफ्नो थाल यहाँसम्म ल्याइदिनुहोस्」
जोड्ने तरिका 3:
~つづける
V
अर्थ:
行為の継続
क्रियाको निरन्तरता
उदाहरण:
1. 途中で足が痛くなったが、最後まで走りつづけた。
बीचमा खुट्टामा दुख्यो,तर अन्त्यसम्म दौँदै गएँ।
2. 久しぶりに会った友だちと、朝まで話つづけた
लामो समयपछि भेटेका साथीहरूसँग,बिहानसम्म कुरा गरें।
3. 何時間も考えつづけているが、答えがわからない。
धेरै घण्टा सोचिरहेको छु,तर उत्तर थाहा छैन।
4. 彼はまだ昔の恋人のことを思いつづけているらしい。
ऊ अझै पनि आफ्नो पुरानो प्रेमसम्बन्धी व्यक्तिको बारेमा सोचिरहेजस्तो देखिन्छ।
*もう3日も雨が降りつづけている。(「降る」の場合は「つづく」も使う)
*पहिले नै ३ दिनदेखि पनि वर्षा निरन्तर भैरहेको छ। 「降る」को अवस्थामा 「つづく」 पनि प्रयोग गरिन्छ।