Marugoto N4 – Lesson 10: Passive Form (受け身形)

शब्दावली + व्याकरण

शब्दावली

मुख्य शब्दअर्थ
夏(なつ)गर्मी
けいけんअनुभव
きょうみरुचि

व्याकरण


受(う)け身(み)

कर्मवाच्य

◎ 「言われる」 भनेको 「言う」को कर्मवाच्य रूप हो। आधारभूत रूपमा, कर्मवाच्य क्रिया क्रियाको「-u」→「-areru」मा परिवर्तन गरेर बनाइन्छ।

1. 受付(うけつけ)で 名前(なまえ)や 住所(じゅうしょ)を 聞(き)かれました。
    रिसेप्सनमा मेरो नाम र ठेगाना सोधियो।

2. 知(し)らない 人(ひと)に 名前(なまえ)を 呼(よ)ばれて、びっくりしました。
    अपरिचित व्यक्तिले मेरो नाम बोलाएर,म अचम्मित भएँ।


~て ほしい

~ चाहनु

◎ 「てほしい」ले 「来てほしい」मा त्यो कार्य गरियोस् भन्ने चाहना जनाउँछ।

1. 明日(あした)は 山(やま)に 行(い)くので、晴(は)れて ほしいです。
    भोलि पहाडमा जाने भएकाले,घाम लागोस् भन्ने चाहन्छु।

2. だれかに 仕事(しごと)を てつだって ほしいです。
    कसैले मेरो काममा मद्दत गरोस् भन्ने चाहन्छु।


~ても いい

~ पनि ठीक छ

◎ क्रियाको TE-रूप पछाडि 「てもいい」 थप्दा त्यो गर्न ठीक हुने अर्थ हुन्छ। सकारात्मक र नकारात्मक दुवै रूपमा प्रयोग गर्न सकिन्छ।

1. 明日(あした)は 休(やす)みだから、おそく おきてもいいです。
    भोलि छुट्टी भएकाले,ढिलो उठे पनि हुन्छ।

2. ここは、お金(かね)を払(はら)わなくてもいいです。
    यहाँ पैसा तिर्नु पर्दैन।

पढाइ बुझाइ

   あきらさんに 会(あ)うと、夏休(なつやす)みに アルバイトを しないかと、聞(き)かれました。彼(かれ)がアルバイトをしている レストランの仕事(しごと)です。昼(ひる)の時間(じかん)に 来(き)て ほしい そうです。その 時間(じかん)が 特(とく)に 忙(いそが)しい そうです。アルバイトのけいけんはありませんが、きょうみを持(も)ちましたから、「やってもいいですよ。」 と、答(こた)えました。
☞ अनुवाद
   
あきらさんに 会(あ)うと、夏休(なつやす)みに アルバイトを しないかと、聞(き)かれました。
अकिरासँग भेट हुँदा मलाई गर्मीको बिदामा अंशकालिक काम गर्ने कि भनेर सोधियो।
彼(かれ)がアルバイトをしている レストランの仕事(しごと)です。
उहाँले पार्ट-टाइम गरिरहनु भएको रेस्टुराँको काम हो।
昼(ひる)の時間(じかん)に 来(き)て ほしい そうです。
दिउँसोको समयमा आउन चाहनुहुन्छ भनी भनियो।
その 時間(じかん)が 特(とく)に 忙(いそが)しい そうです。
त्यो समय विशेषगरी व्यस्त हुन्छ भनी भनियो।
アルバイトのけいけんはありませんが、きょうみを持(も)ちましたから、「やってもいいですよ。」 と、答(こた)えました。
पार्ट-टाइमको अनुभव छैन तर चासो लागेपछि,「गर्न सक्छु।」 भनी उत्तर दिएँ।